खेल

चेल्सी टोटनह्यामसंग पराजित

चेल्सी टोटनह्यामसंग पराजित

पुस २१ । चेल्सी टोटनहम हट्सपरसँग २–० ले पराजित भएपछि प्रिमियर लिगमा लगातार १४ खेल जित्दै नयाँ कीर्तिमान बनाउनबाट चुकेको छ । यसअघि लगातार १३ प्रिमियर लिग खेल जितेको चेल्सी टोटनहमसँग उसैको मैदानमा पराजित भएको हो ।

डेले अलीले दुई गोल गरेपछि टोटनहमले लण्डन डर्बीमा शानदार जित हासिल गरेको हो । जितसँगै टोटनहमले घरेलु मैदान ह्वाइट हार्ट लेनमा चेल्सी विरुद्धको उत्कृष्ट प्रदर्शन लाई निरन्तरता दिएको छ ।

टोटनहमको लागि पहिलो हाफको इन्जुरी टाइममा अलीले क्रिस्टियन एरिक्सनको पासमा हेडमार्फत पहिलो गोल गरे। दोस्रो हाफमा पनि उनले हेडमार्फत नै गोल गरे। ५४ औं मिनेटमा अली पुनः एरिक्सनकै पासमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन् ।

अंक तालिकामा म्यानचेष्टर सिटी र आर्सनललाई पछि पार्न सफल भएको छ। २० खेलबाट सिटी समान ४२ अंक जोडेको टोटनहम तेस्रो स्थानमा उक्लेको छ। गोल अन्तरमा सिटी चौथोमा झरेको छ ।

हारका बावजुत पनि २० खेलबाटै ४९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ। ४४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

Premear Leayge

विशेष