स्वास्थ्य

गर्भ निरोधक औषधिले डिप्रेसन !

गर्भ निरोधक औषधिले डिप्रेसन !

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर करिब १० करोडभन्दा बढी महिलाले गर्भनिरोधक औषधिको प्रयोग गर्ने गरेका छन् । सन् १९६० को दशकमा गर्भनिरोधक गोलीको सुरुवात भएपछि यसको प्रयोगले फरकफरक खालका साइड इफेक्टहरू देखा पर्न थालेका हुन् ।

हालै गरिएको एक अध्ययनका अनुसार गर्भनिरोधक गोलीको प्रयोगले डिप्रेसनको खतरा बढ्ने देखाएको छ । यो अध्ययन डेनमार्कमा गरिएको बीबीसीले जनाएको छ ।

डेनमार्कका अनुसन्धानकर्ताले करिब १० लाख महिलाको मेडिकल रेकर्डलाई अध्ययनमा समावेश गरेका थिए । १५ देखि ३४ वर्ष उमेरका ती महिला कसैमा पनि पहिला डिप्रेसनको लक्षण देखिएको थिएन । अनुसन्धानकर्ताले अध्ययनका क्रममा पाएकी जो महिला गर्भनिरोधक औषधिको प्रयोग गर्थे उनीहरूले पछि डिप्रेसनको औषधि लिनुपर्ने भयो । या त अस्पतालमा भर्ना हुनुपर्‍यो ।

अध्ययनको यो परिणामलाई त्यहाँको मिडियाले सनसनीपूर्ण शीर्षकमा समाचार बनाएका थिए । जसमा भनिएको थियो ुतपाईं गर्भनिरोधक गोली लिनुहुन्छ भने डिप्रेसनको औषधिका लागि पनि तयार रहनुस् ।

तर युनिभर्सिटी अफ एबरडिनमा प्राइमरी केयरका प्रोफेसर फिल हेनाफोर्डले भने गर्भनिरोधक औषधिको सेवन अखबारले भने जति भयावह भने नभएको दाबी गरेका छन् । उनले भनेका छन्, ुगर्भनिरोधक औषधि सेवन गर्ने सय महिलामध्ये दुई दशमलव दुई महिला डिप्रेसनको सिकार हुने गर्छन् ।

उनका अनुसार गर्भनिरोधक औषधि सेवन गर्ने महिलाको आफ्ना श्रीमान्सँगको सेक्स सम्बन्ध टुटेका कारण पनि त्यसो भएको हुन सक्छ । उनको सुझाव छ यस्ता अध्ययनको नतिजालाई हल्का र सनसनीपूर्ण बनाउन हुँदैन ।

गर्भनिरोधक औषधिको सेवनले डिप्रेसनमात्रै नभएर रगतको जम्ने समस्या हुनेतर्फ पनि विज्ञहरूले सचेत गराएका छन् । यस्ता साइडइफेक्टलाई हल्का रूपमा लिए घातक परिणाम भोग्नुपर्ने अवस्था आउन सक्नेतर्फ पनि सचेत गराइएको छ ।

Dipresion

विशेष