कभर स्टोरी भिडियो

लाज पचेका एमाले नेताबारे बुहारीको सनसनीपूर्ण बयान (भिडियोसहित)

लाज पचेका एमाले नेताबारे बुहारीको सनसनीपूर्ण बयान (भिडियोसहित)


बाहिरबाट हेर्दा म मन्त्री भइसकेको सांसदकी बुहारी हुँ । एमाले नेताकी बुहारीका रुपमा धेरैले मलाई शक्तिशाली देख्छन् । खुशी होली भन्ठान्छन् । मेरो ससुरा लाज पचेको नकचरो पुरुष हो भन्ने थाहा पाएपछि ममाथि दया गर्न थाल्छन् । उहाँका कारण धेरैको जीबन बर्बाद भएको छ । हाम्रो उठीबास छ । मेरो ससुरा कृपाशुर शेर्पा हो । उहाँलाई भेट्न म केही समय पहिले घर गएकी थिएँ । काखे छोराछोरीलाई लिएर गएकी थिएँ । हामी घरभित्र पस्न नपाउँदै उहाँ सिंह झैँ झम्टिदै आउनुभयो । गोलीले उडाइदिन्छु भन्दै घरबाट निकालिदिनुभयो । उहाँको हाउभाउ देखेर म त थरर्र कापेँ । उहाँले हाम्रो फोन नै नउठाउने । फोन उठाएको भए फोनमै कुरा हुन्थ्यो । छोरा गएपछि भनाभन होला भन्ने लागेर म आफैँ गए । नगएर पनि के गर्नु ? केटाकेटीलाई खुवाउने अन्न छैन । कोठा भाडा तिर्ने पैसा छैन । उहाँ र म दुबै अनपढ हौँ । समस्या विसाउँन म घर गएकी थिएँ, उहाँँले गोली हान्छु भनेपछि फर्किएँ । गोली हानेर मार्छु भनेपछि हामीलाई डर लाग्यो । हामीले सो कुरा एमाले अध्यक्ष केपी बुबालाई भन्यौँ ।

मिडियामा पनि कुरा पुग्यो । मिडियामा समाचार आएपछि उहाँ आफैँले सम्र्पक गर्नुभयो । मेरो श्रीमानलाई सल्लाह गर्न आइज भनेर बोलाउनुभयो । उहाँ भेट्न जानुभयो । ‘अहिले म अन्तै छु साँझ आएस’ भन्नुभएछ । दिउँसो फोन गरेर ‘चावहिलको हेल्पिङ ह्याण्डनेर’ आइज भन्नुभयो । बुबाले घरव्यवहार मिलाउन थाल्नुभयो भन्ने लाग्यो । उहाँ खुशी हुँदै जानुभयो ।


छोरालाई उहाँले ‘समाचारमा आएको भिडियो हटाउन लगा’ भन्नुभएछ । उहाँले ‘घर बनाइदिनु म सबै हटाइदिन्छ’ु भन्नुभएछ । त्यति कुरा भएपछि पुलिसलाई ‘यसलाई लिएर जाओ’ भन्नुभएछ । उहाँले पक्राउने पूरै तयारी गर्नुभएको रहेछ । उजुरी दिएको पनि पछि थाहा पायौँ । पावर भएपछि यस्तो पनि हुँदो रहेछ । ज्यान मार्ने धम्की दिने उहाँ । धम्की दिएको भिडियोसमेत समाचारमा आइसकेको छ ।

तर, धम्काएको आरोपमा पक्राउ पर्ने मेरो श्रीमान । दुनियाँले थाहा पाएको सत्य कुरा त यसरी उल्टोपाल्टो बनाइन्छ, थाहा नपाएको विषयमा झन के होला ? कृपासुर शेर्पा कर्मचारी हुँदा मेरो सासुलाई गर्भवती बनाउनुभएछ । समाजमा प्रतिष्ठित जीबन बिताइरहेकी मेरी सासु कृपासुरको मायाजालमा पर्नुभयो । जब गर्भ रह्यो, ससुरा बेपत्ता हुनुभयो । त्यसपछि सासुको एकमात्र साथी भनेको रक्सी र चुरोट भयो । उहाँलाई डिप्रेशन भयो । त्यो जमानामा कुमारी आमा हुँदाको पीडा कस्तो होला । छोरा हुर्काएर गुमनाम जीबन बिताउन थाल्नुभयो । मैले आठ बर्षसम्म उहाँको सेवा गरेँ । एक्लै बरबराउनु हुन्थ्यो ।

आाफ्नो जीबन कसरी बर्बाद भयो भन्ने बारे के के भन्नुहुन्थ्यो । उहाँको एउटा धोको थियो आफ्नै घरमा प्राण त्याग्ने । श्रीमतीको पहिचान पाएर मर्ने । मेरो ससुरा मन्त्री भएपछि हाम्रो कथा धेरैले थाहा पाए । पहिला पनि यो विषय पार्टीमा थाहा थियो, आफन्त र चिनेजानेकालाई थाहा नहुने कुरै भएन । चौतर्फी कुरा उठेपछि ससुरा बुबा अफ्ठयारोमा पर्नुभयो । उहाँको मन्त्री पदसमेत जान सक्थ्यो रे । उहाँले हामीलाई बोलाएर नागरिकता दिने, अंश दिने, मलाई जागिर लगाइदिने र मेरो श्रीमानलाई अमेरिका पठाइदिने वाचा गर्नुभयो । नागरिकता त्यही बेला बन्यो ।

मन्त्री छइन्जेल उहाँले छोरालाई थामथुम पार्नुभयो । मन्त्री पदबाट हटेपछि ‘के को अंश ? छैन केही’ भन्न थाल्नुभयो । पछिल्लो २ बर्ष सासुआमा बेस्करी थला पर्नुभयो । उहाँ हेर्न समेत आउनुभएन । जीबनमा खाएको धोका र हैरानीका कारण उहाँ पागल हुनुभयो । सासुआमालाई छोराको एकदमै माया थियो । आफ्नै छाना मुनि मर्ने धोको छ भन्नुहुन्थ्यो । बेस्सरी रुनुहुन्थ्यो । विस्तारै सबै कुरा भुल्न थाल्नुभयो । मेरो र छोराको नामबाहेक उहाँलाई केही याद हुँदैनथ्यो । उहाँ केही महिना पहिले बित्नुभयो । सासु बितेपछि हामीले ससुरालाई खबर ग¥र्यौँ । उहाँ हेर्नसमेत आउनुभएन । पछिबाट उहाँले त्यो दिन रमाइलो गरेको, भोज गरेको रे भन्ने सुनियो । त्यस्तो सुन्दा मेरो श्रीमान डाँको छोडेर रुनुभयो ।

मेरो ससुरा सांसद र नेता पनि हो । तर, उहाँ कसरी नेता हुनुभयो भन्ने अचम्म लाग्छ । उहाँ त व्यभिचारी हो । नकचरो हो । प्रेमको नाटक गरेर भुँडी बोकाएर भागेको मान्छे हो । लाज पचेको लाचारी हो । जेल जानुपर्ने उहाँ हो, तर उहाँले शक्तिको प्रयोग गरेर छोरालाई थानामा ज्याक्नुभएको छ । हेरिदिने को छ ? कस्लाई के भन्नु ? आफ्नै ससुरा लाज पचेको भएपछि । उहाँ त जे पनि गर्न सक्ने मान्छे हो । मैले फोन गर्न पनि छाडेँ । बोलाएर मलाई पनि पक्राउ गराउनुहोला भन्ने डर लाग्छ । अरु जेपनि गर्न सक्नुहोला । हामीले खोजेको घर हो । उहाँले करोडौँ खर्चेर सांसद भएको, नेतालाई खुशी पार्न अनेक कुरा गरेको सबैलाई थाहा छ । तर, छोराले एउटा घर माग्दा थानामा पुऱ्याइएको छ ।

 

ganesh sherpa kripasur sherpa

विशेष