प्रवास

भारतमा ढिस्कोमा पुरिएर ४ नेपालीको निधन

भारतमा ढिस्कोमा पुरिएर ४ नेपालीको निधन

पुस २१ । भारतको हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले जानकारी दिए ।

मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् । तीनजनाको शव ढिस्कोबाट निकालिएको छ । थप एकजनाको शव डोजरको सहायताले निकालिँदैछ । जनाको सङ्ख्यामा नेपालीहरु त्यहाँ कार्यरत रहेको भए पनि दुईजना खाना पकाइरहेकाले सकुशल रहेको बताइएको छ ।

भारत सरकारले उक्त बाटो खन्ने कामलाई ठेकेदार कम्पनीमार्फत सडक खनाइरहेको थियो ।

Death In india

विशेष