समाज

सवारी दुर्घटनामा २ जनाको मृत्यु

सवारी दुर्घटनामा २ जनाको मृत्यु

पुस २१ । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको चारपाने सडकखण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ४७१५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३११५ नम्बरको बोलेरो कार आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

Accident

विशेष