समाज

शैक्षिक गुणस्तर सुधारका लागि ‘नमुना’ विद्यालय कार्यक्रम

शैक्षिक गुणस्तर सुधारका लागि ‘नमुना’ विद्यालय कार्यक्रम
पुस - २१। जिल्ला शिक्षा कार्यालयले जिल्लाका ३० विद्यालयमा नमुना विद्यालय कार्यक्रम सुरु गरेको छ । नमुना विद्यालयका रुपमा स्थापित गर्न पहिलो चरणमा छानिएका जिल्लाका ३० विद्यालयमध्ये सरस्वती मावि दिक्तेलमा कार्यक्रम सुरु गरिएको हो । पुस्तककाभरमा मात्र पठनपाठन भइरहेको विद्यालयमा पाठ्यक्रमसंग सम्बन्धित अन्य पुस्तक अध्ययनका लागि नमुना विद्यालय स्थापना अभियान सुरु गरिएको शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । “पुस्तकको माध्यमबाट मात्र गरिने पठनपाठनले राम्रो सिकाइ उपलब्धि भएन ।” उनले भने, “विद्यार्थीमा सिकाइ उपलब्धि गराउन पाठ्यक्रममा आधारित शिक्षण प्रक्रिया सुरु गरिएको हो ।” नमुना विद्यालय बनाउनका लागि छानिएका अन्य विद्यालयका प्रावि तहमा पनि क्रमशः पाठ्य पुस्तकको सट्टा पाठ्यक्रममा आधारित शिक्षण क्रियाकलाप सुरु गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । शिक्षाको गुणस्तरअनुसार नमुना विद्यालय बनाउनका लागि आवश्यक पुस्तक खरिद गर्न पुस्तकालय व्यवस्थापन शीर्षकमा ३० विद्यालयलाई प्रतिविद्यालय रु छ लाख ५० हजार उपलब्ध गराइएको छ । खस्कँदो शैक्षिकस्तर सुधार गर्दै ‘नमुना’ विद्यालयका रुपमा स्थापित गर्नका लागि थालिएको अभियानमा पाठ्यक्रममा आधारित थरिथरिका पुस्तक वितरण गरिएको छ । पुस्तक मात्र हेर्दै आएका छात्रछात्रालाई हाल नमुना शिक्षणअन्तर्गत पाठ्यक्रममा आधारित कथा, कविता, निबन्धका साथै बौद्धिक ज्ञान,व्यवहारिक र लेखन सिकाइसँग सम्बन्धित पुस्तक उपलब्ध गराइएको सरस्वती माविका प्रअ ध्यानबहादुर राईले जानकारी दिए।

Namuna School

विशेष