देश

सडक दुर्घटनामा बालकको मृत्यु

सडक दुर्घटनामा बालकको मृत्यु
पुस - २१ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना२ख ६१८० नंको मालबाहक ट्रकको ठक्करबाट बिहीबार दिउँसो सप्तरी खोजपुर गाविसको खर्चैया चोकमा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पङ्चरा गाविस–९ बस्ने लक्ष्मण रामका सात वर्षीय छोरा अर्जुनकुमार राम रहेका छन् । स्थानीयवासीले प्रहरीलाई शव उठाउन दिएका छैनन् । आक्रोशित उनीहरुले ट्रक तोडफोड गरी पूर्वपश्चिम लोकमार्ग ठप्प पारेका छन् ।

road accident

विशेष