समाज

पृथ्वी जयन्तिमा विदा दिन सरकार प्रधानमन्त्री सकारात्मक

पृथ्वी जयन्तिमा विदा दिन सरकार प्रधानमन्त्री सकारात्मक
पुस – २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पृथ्वी जयान्तिमा विदा दिने विषयमा सकारात्मक देखिएका छन् । बिहीबार पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक विदा दिन मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको थियो । सरकारले २०६२ ०६३ को जनआन्दोलनपछि बनेको सरकारले पृथ्वी जयान्तिमा दिइने विदा कटौती गरेको थियो । आपूर्ति मन्त्री दीपक बोहोराले बिहीबारको मन्त्रिपरिषद् बैठकमा पृथ्वीजयन्ती मनाउनु पर्ने प्रस्ताव गरेका हुन् । बोहोराले भने ‘पुस २७ गते विदा दिएर एकता दिवस मनाउनु पर्छ भनेर प्रस्ताव गरें ।’ उनको पप्रस्तावमा कांग्रेसका सबै मन्त्रीले समर्थन जनाउएको जानकारी दिए । बोहोराका अनुसार बैठकमा प्रधानमन्त्री पनि पृथ्वी जयन्तीमा विदा दिने विषयमा आफू सकारात्मक रहेको र अरु पार्टीका नेताहरुसँग छलफल गरेर निर्णय गर्ने बताए ।  

पुष्पकमल दाहाल ‘प्रचण्ड’ पृथ्वी जयान्ति पृथ्वीनारायण शाह

विशेष