मुख्य समाचार

समाचार प्रभावः खानेपानी चुहावट रोक्न प्रधानमन्त्रीकाे १७ बुँदे लिखित निर्देशन

समाचार प्रभावः खानेपानी चुहावट रोक्न प्रधानमन्त्रीकाे १७ बुँदे लिखित निर्देशन
पुस - २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकाको खानेपानी चुहावट रोक्न सरोकारवाला निकायका प्रमुखलाई १७ बुँदे लिखित निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित बैठकमा उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई बाँकी बक्यौता तत्काल उठाउन र चुहावटलाई ४० प्रतिशतबाट २० प्रतिशतमा झार्न निर्देशन दिएका खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए। खानेपानी तथा सरसफाई मन्त्रीसमेत रहेका प्रधानमन्त्री दाहालले खानेपानीको मुहान र ट्यांकीको संरक्षण गर्न, उच्च पदस्थ अधिकारीलाई सित्तैमा ट्ंयाकरको पानी वितरण नगर्न, पानी खोल्ने र बन्द गर्ने काममा खटिएका कर्मचारीले प्रभावमा परी कतै पानी दिने र कतै नदिने समस्याको समाधानका लागि अनुगमन टोली बनाएर निरीक्षण गर्न निर्देशन दिएका सचिव उपाध्यायले बताए। पानीको पाइप बिच्छ्याउन भत्काइएको बाटो तत्काल बनाउन, सबैतिर न्यायोचित ढङ्गले पानी वितरण गर्न र मन्त्रालय एवम् सरोकारवाला निकायलाई मुहानको निरीक्षण गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन्। बैठकमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का, मन्त्रालयका सचिव उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मा, गृहसचिव लोकदर्शन रेग्मी, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, लिमिटेडका अध्यक्ष सुरेश बस्नेत र महाप्रबन्धक महेशप्रसाद भट्टराई, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणा र काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको सहभागिता थियो । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले उपत्यकामा खानेपानीको चुहावट रोक्न र व्यवस्थापन गर्न कार्ययोजना ल्याउने तयारी गरेको सचिव उपाध्यायले जानकारी दिए।
खानेपानी चुहावटका सम्बन्धमा केही समय पहिले नेपाल अाजले समाचार प्रकाशन गरेकाे थियाे । समाचार सार्वजनिक भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजाे (बुधबार) सरोकारवालाहरुलाई छलफलका लागि बोलाएका थिए । छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयका अधिकारीहरु, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरु, मेलम्ची खानेपानी आयोजनाका जिम्मेवार व्यक्तिहरुलाई डाकिएको थियाे ।

र याे पनि 

समाचार प्रभावः प्रधानमन्त्रीले डाके खानेपानीमा झेल गर्ने निकायका हाकिमहरुलाई पानीमा पनि झेलः पहुँचवालाको घरमा दिनहुँ पानी, अन्त हाहाकार  

खानेपानी चुहावट पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष