खेल

काकरभिट्टा गोल्डकपको फाइनलमा एपिएफ र झापा ११ आमने सामने हुने

काकरभिट्टा गोल्डकपको फाइनलमा एपिएफ र झापा ११ आमने सामने हुने

पुस २२ ।  शसस्त्र प्रहरीको एपिएफ क्लब र झापा ११ बीच काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको उपाधिको लागि प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई बिहीबार टाइब्रेकरमा ५—४ गोल अन्तरले हराउँदै एपिएफले स्थानिय झापा ११ सँगको फाइनल भेट पक्का गरेको हो । यी दुई टोलीबीचको खेलको निर्धाति समयमा १–१ को बराबरी टुंगिएको थियो ।

खेलको ४२ औँ मिनेटमा काकरभिट्टाका तर्फबाट निशान्त लिम्बुले गोल गरे । त्यसको २ मिनेट पनि वित्न नपाउँदै एपिएफका रमेश दंगालले बराबरी गोल फर्काएका थिए ।

शनिबार हुने प्रतियोगिताको फाइनल खेलको विजेता टिमले ४ लाख १ हजार रुपैयाँ तथा दोस्रो हुने टोलीले २ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेत जानकारी दिए ।

Kakarvitta goldcup

विशेष