प्रवास

नेपाल पत्रकार महासंघ यूएइ शाखामा भुपाराज बस्याल

नेपाल पत्रकार महासंघ यूएइ शाखामा भुपाराज बस्याल

पुस २२ । नेपाल पत्रकार महासंघ यूएइ शाखाको पाँचौं अधिवेशनबाट भुपराज बस्याल अध्यक्षमा निर्वाचित भएका छन् । डेढ दशकदेखि पत्रकारितामा संलग्न बस्याल पछिल्लो समय दुबईवाट पत्रकारिता गर्दै आएका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब ध्रुव लम्सालको प्रमुख आतिथ्यमा दुबईमा सम्पन्न अधिवेशनले उपाध्यक्ष लक्ष्मण खनाल, सचिब मेघराज सापकोटा, सहसचिव नारायण भुर्तेल र कोषाध्यक्षमा दिनेश आचार्यलाई चयन गरेको छ ।

पत्रकारहरुको अधिवेशनले निमकान्त पाण्डे, मोहन बस्याल, खिमलाल पाण्डे र दामोदर दाहाललाई सदस्यमा चयन गरेको छ । त्यस्तै हरि नेपाली र विनोद श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।

Bhuparaj Basyal

विशेष