खेल

हेटौडा गोल्डकपको फाइनलमा मनाङ

हेटौडा गोल्डकपको फाइनलमा मनाङ
पुस २२ लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब पोखराको साहारा क्लबलाई १–०ले पराजित गर्दै हेटौडा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइनल खेलमा विदेशी खेलाडी आफिज ओलावालेको एकमात्र गोलको मद्दतले मनाङले फाइनलको यात्रा तय गरेको हो । डिफेन्डीङ च्याम्पियन मनाङको जितमा खेलको आठौ मिनेटमा विदेशी खेलाडी ओलावालेले गरेको गोल निणर्यक बन्यो । मनाङका सुजल श्रेष्ठ दोहोरो पहेंलो कार्डको कारण खेल्न नसकेपनि खेलमा मनाङले पूर्ण दवदवा राखेको थियो । अब उपाधिका लागि मनाङले आज हुने आर्मी र विजय युथ क्लब हेटौडाबीचको सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । १४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिताको प्रथम हुने टिमले ५ लाख तथा दोस्रो हुनेले ३ लाख पुरस्कार पाउने छन् ।

Heauda Goldcup

विशेष