समाज

‘हिमालका देवता’को बासस्थान अलपत्र

‘हिमालका देवता’को बासस्थान अलपत्र

पुस २२ । म्याग्दीको ऐतिहासिक र धार्मिकस्थल रिखार क्षेत्रमा ढुंगामाथि निर्माण गरिएको ‘हिमालका देवता’ को मन्दिर र सप्तऋषिको तपोभूमि अलपत्र परेको छ ।

कुईनेमंगले गाविस–४ पात्लेखर्कमा धौलागिरी हिमालको फेदैमा रहेको मन्दिर प्रचार–प्रसार र आवश्यक पूर्वाधार निर्माणको अभावमा अलपत्र परेको हो । रिखार क्षेत्रमा द्वापर युगमा सप्तऋषिले तपस्या गरेको र शिवजीलाई प्रशन्न बनाई यही स्थानबाट धर्मप्रचारको अभियान थालिएको मत्स्य पुराण, स्कन्दपुराण र शिवपुराणमा उल्लेख छ ।

रिखार क्षेत्र सदरमुकाम बेनीदेखि ५० किमीको दूरीमा रहेको छ । यो क्षेत्रको पूर्वाधार विकास गर्न सरोकारवाला निकायले बेवास्ता गरेको आरोप स्थानीयको छ ।

Debata

विशेष