स्वास्थ्य

ग्रीनसिटी अस्पतालद्वारा तीन हजार विरामीलाई निःशुल्क स्वास्थ्य सेवा

ग्रीनसिटी अस्पतालद्वारा तीन हजार विरामीलाई निःशुल्क स्वास्थ्य सेवा

पुस २२ । ग्रीनसिटी अस्पतालद्वारा तीन हजार विरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

ग्लोबल मेडिकल फाउण्डेशन अमेरिकाको सहयोगमा संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् ।

यही पुस १७ देखि २२ गतेसम्म भक्तपुर, नाला, टोखा, हात्तीगौँडा, मेलम्ची, पाटनलगायतका क्षेत्रमा स्वास्थ्य शिविर राखेर सेवा प्रदान गरिएको डा नवराज केसीले जानकारी दिए ।

अस्पतालमा आज आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष लोकबहादुर (एलबी) टण्डनले ग्रीनसिटी अस्पतालसँग सहकार्य गरेर निःशुल्क सेवा प्रदान गर्ने संस्था र डाक्टरहरुलाई प्रमाणपत्र वितरण गरे । “यति ठूलो संस्थासंग मिलेर गरिबलाई निःशुल्क सेवा प्रदान गर्न पाएकोमा हामी खुशी छौ । उनले भने ।

यसैगरी वाग्मती सरसफाइको क्रममा बेसहारा रहेका दृष्टिविहीन सुल्तान मुखियालाई अस्पतालमा ल्याएर उपचार गरेको अस्पतालले फेसबुकमार्फत आर्थिक सङ्कलन जुटाएर सहयोग गरेको छ ।

नेपालबाट बेलायत गएर बसेका लक्ष्मी कुबर र हुमबहादुर कुबरले पठाएको रु २० हजार र दुई थान ब्लाङ्केट दृष्टिविहीनलाई सहयोग गरेको हो ।

Green city Hospital

विशेष