खेल

९ खेलाडीमा सीमित टोलीले हरायो बार्सिलोनालाई

९ खेलाडीमा सीमित टोलीले हरायो बार्सिलोनालाई
पुस–२२ । स्पेनिस कोपा डेल रेअन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोना पराजित भएको छ । अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग २–१ ले पराजित भएको हो । एथ्लेटिको बिल्बाओका लागि आरिट्ज आडुरिज र इनाकी विलियम्सले गोल गरेका थिए भने बार्सिलोनाका लागि लियोनल मेस्सीले एक गोल फर्काए । बिल्बाओको घरेलु मैदानमा भएको खेलको २५ औँ मिनेटमा आडुरिजले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । त्यस्तै २८ औँ मिनेटमा विलियम्सले गोल गरेपछि पहिलो हाफमै घरेलु टोलीले २–० को अग्रता लिन सफल भयो । दास्रो हाफ सुरु भएपछि खेलको ५२ औँ मिनेटमा मेस्सीले बार्सिलोनाको लागि एक गोल फर्काए । ७४ औँ मिनेटमा राउल गर्सिया तथा ८० औँ मिनेटमा आन्द्रे टुरास्पेले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएर ९ खेलाडीमा सीमित रहेको बिल्बाओलाई बार्सिलोनाले गोल फर्काउन सकेन । पहिलो लेगमा बार्सिलोनाले हारेपछि बुधबार हुने दोस्रो लेगमा जितको आवश्यक पर्नेछ ।

एथ्लेटिको बिल्बाओ बार्सिलोना स्पेनिस कोपा डेल रे

विशेष