बलात्कारीलाई पाँच वर्ष कारागार

पुस–२२ । बलात्कारको आरोपमा परेका एक व्यक्तिलाई सल्यान जिल्ला अदालतले शुक्रबार पाँच वर्ष तीन महिना कैद र ५० हजार जरिवाना गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीको इजलासले फालाबाङ–४ का रमेश रेउलेलाई उक्त सजायको फैसला गरेको हो । रेउलेलाई गत असार ३० गते बलात्कारको अभियोग लागेको थियो । जरिवानावापतको रकम पीडितलाई राहतस्वरुप उपलब्ध गराइने जिल्ला अदालत सल्यानले जनाएको छ । रासस
बलात्कार
सल्यान