सीमित ओभरको कप्तान पनि कोहली

पुस–२३ । भारतीय क्रिकेट टिमको सीमित ओभरको कप्तानमा विराट कोहली नियुक्त भएका छन् । महेन्द्र सिंह धोनीले एक दिवसीय तथा ट्वन्टी–ट्वन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएपछि इंग्ल्याण्डसँगको सीमित ओभरको खेलपनि कोहलीको कप्तानीमा खेलिने भएको छ ।
कोहलीले सन् २०१४ देखि टेस्टमा कप्तानी सम्हालि रहेका छन् । इंग्ल्याण्डसँगको तीन एक दिवसीय तथा तीन ट्वन्टी–ट्वन्टी खेलको श्रृँखला जनवरी १५ देखि सुरु हुनेछ ।
भारतीय क्रिकेट काउन्सिल बिसिसिआईले शुक्रबार इंग्ल्यायडसँगको श्रृँखलाको लागि टिमको घोषणा गरेको हो । कोहलीको कप्तानीमा रहेको एक दिवसीय टोलीमा अलराउण्डर युवराज सिंहले पुनरागमन गरेका छन् । यस्तै ट्वन्टी–ट्वन्टीमा सुरेश रैनाले पुनरागमन गरेका छन् ।
भारतीय क्रिकेट टिम
विराट कोहली