समाज

भन्सार कार्यालयको प्रि-फेब्रिकेटेट भवन बन्दै

भन्सार कार्यालयको प्रि-फेब्रिकेटेट भवन बन्दै
पुस–२३ । भन्सारको कामलाई सरलीकृत गर्न पहिलो चरणअन्तर्गत रसुवागढीको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा प्रिफेबिकेटेट भवन निर्माण अगाडि बढेको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रसुवाका प्रमुख राजेन्द्र खतिवडाका अनुसार भन्सारसम्बन्धी सबै कार्य नेपाल–चीनको सीमा क्षेत्र रसुवागढीबाटै व्यवस्थित तवरले सञ्चालन गराउन प्रिफेब्रीकेटेट भवन निर्माण हुन थालेको छ । भुइँ सतह मिलाउने कार्य पूरा भई समग्रमा ६० प्रतिशत काम पूरा भइसकेको छ । फलामे तयारी सामग्री जडान गरी भन्सार कार्यालयको व्यवस्थापन हुन लागेको बताउँदै खतिवडाले अब छिट्टै सुरक्षा अङ्ग समेतलाई पुग्ने स्थायी एकीकृत पाँचतले भन्सार कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा प्रिफेब्रिकेटेट र दोस्रो चरणमा स्थायी संरचना निर्माण हुँदै जाने छ । स्थायी भवन निर्माण हुन भने तीन वर्ष लाग्ने बताइएको छ । भूकम्पले रसुवागढीको भवनमा क्षति पु¥याएपछि टिमुरेबाट सेवा दिँदै आएको भन्सार कार्यालय पुनः रसुवागढीमा फर्केपछि अबका दिनको सेवा अझ बढी प्रभावकारी बन्ने अपेक्षा गरिएको नेपाल व्यापार सङ्घका अध्यक्ष कुमार कार्कीले बताए । रासस

प्रिफेबिकेटेट भवन रसुवागढी

विशेष