खेल

वेष्ट ह्यामलाई घरेलु मैदानमै सिटीले ५–० ले हरायो

वेष्ट ह्यामलाई घरेलु मैदानमै सिटीले ५–० ले हरायो
पुस–२३ । एफए कपअन्तर्गत शुक्रबार राति भएको तेस्रो चरणको पहिलो लेगमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामविरुद्ध जित दर्ता गरेको छ । वेष्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा सिटीले वेष्ट ह्यामलाई ५–० ले हराएको हो । सिटीलाई जिताउन याया टुरे, डेभिड सिल्भा, सर्जियो अग्युरो र जोन स्टोनसले १–१ गोल गरे । वेष्ट ह्यामका हावार्ड नोर्डट्भाइटले आत्मघाती गोल गरेपछि सिटीले ५–० को जित हात पार्यो । खेलको ३३ औँ मिनेटमा टुरेले पेनाल्टीमा गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसलगत्तै वेष्ट ह्यामका हावार्डले आत्मघाती गोल गरे । त्यसपछि ४३ औँ मिनेटमा सिल्भाले गोल गर्दै पहिलो हाफमा सिटीलाई ३–० को अग्रता दिलाएका थिए । दास्रो हाफ सुरु भएपछि खेलको ५० औँ मिनेटमा अग्युरो तथा ८४ औँ मिनेटमा स्टोनसले १–१ गोल गर्दै सिटीलाई ५–० को सहज जित दिलाए ।

एफए कप म्यानचेस्टर सिटी वेष्ट ह्याम

विशेष