बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

पुस–२३ । यात्रुबाहक बसको ठक्करबाट गए राति साइकल यात्रुको मृत्यु भएको छ ।
विराटनगर–२० स्थित राधाकृष्ण मन्दिर नजिक बस्ने ४० वर्षीय ललित महतोको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
शुक्रबार साँझ विराटनगर–२० स्थित झमेली चोकमा बा २ ख ५०९३ नंको बसले ठक्कर दिएपछि उपचारका लागि कोसी अञ्चल अस्पताल लग्ने क्रममा बाटाेमै उनको मृत्यु भएको हो । रासस
बस
साइकल यात्रु