खेल

दोस्रो पाकिस्तानी राजदूत क्रिकेट प्रतियोगिताका विजयी पुरस्कृत

दोस्रो पाकिस्तानी राजदूत क्रिकेट प्रतियोगिताका विजयी पुरस्कृत
पुस  - २३ । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले दोस्रो पाकिस्तानी राजदूत क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई शनिबार आयोजित एक समारोहमा ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरे । क्रिकेट प्रतियोगिताका माध्यमबाट नेपाल र पाकिस्तानबीचको जनस्तरको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित तीनदिने प्रतियोगिताका विजेता र उपविजेता खेलाडीलाई मन्त्री श्रीपालीले ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरेका हुन् । काठमाडौँ उपत्यकाका आठवटा क्लबका १२० खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा पिसी फाइटर्स क्लबले प्रथम स्थान हासिल गर्यो भने ग्रेट हिमालयन क्रिकेट क्लब उपविजेता भयो । प्रथम हुन सफल पिसी फाइटर्स क्लबले ट्रफी, स्वर्ण पदक र नगद रु ३० हजार प्राप्त ग¥यो भने उपविजेता टिमले रनरअप ट्रफी, कास्य पदक र नगद रु २० हात पार्यो । त्यसैगरी मन्त्री श्रीपालीले उत्कृष्ट ब्याटस्म्यान उमेश चन्द, उत्कृष्ट अङ्क ल्याउन सफल वशन्त रेग्मी, म्यान अफ द टुर्नामेन्ट महेश खत्री र म्यान अफ द म्याचको उपाधि हासिल गरेका विनोद खड्कालाई पनि पदक र नगद पुरस्कार प्रदान गरे । त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले प्रतियोगितामा कसैको पनि हार नभएको भन्दै त्यसले पाकिस्तान र नेपालबीचको ५७ वर्ष पुरानो औपचारिक कूटनीतिक समबन्धलाई अझ प्रगाढ तुल्यान बल मिलेको बताए । उनले निकट भविष्यमा पाकिस्तानी खेलाडीलाई नेपालमा र नेपालीलाई पाकिस्तानी मैदानमा उतार्ने योजना सार्वजनिक गरे ।

क्रिकेट प्रतियोगिता

विशेष