खेल

खप्तड गोल्डकप : दिल्ली युनाईटेड विजयी

खप्तड गोल्डकप : दिल्ली युनाईटेड विजयी
पुस - २३ । यहाँ जारी ‘सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा दिल्ली युनाइटेड विजयी भएको छ । धनगढी रङ्गशालामा भएको खेलमा काठमाडौँको ब्वाइज युनियनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै दिल्ली युनाइटेड विजयी बनेको हो । जितसँगै दिल्ली युनाइटेडले अन्तिम आठमा आफ्नो स्थान बनाएको छ । निर्धारित समयसम्म दुवै टिमले एक– एक गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो । प्रतियोगिताअन्तर्गत आइतबार आयोजक सुदूरपश्चिम–११ र भारतको पञ्जाव फुटबल टिमबीच खेल हुने आयोजकले जनाएको छ ।

खप्तड गोल्डकप

विशेष