समाज

नक्सालको सडक भासियो

नक्सालको सडक भासियो

पुस २४ । हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्यधिक खन्दा नक्सालको सार्वजनिक सडक भासिएको छ।

विश्वभरि ४ हजार ८२० कम्पनीको स्वामित्व रहेको हिल्टन वर्ल्डवाइड काठमाडौंमा पाँचतारे होटल निमार्णका क्रममा सडक भासिएको हो। नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा होटल निर्माणका लागि जमिन खन्ने काम भइरहँदा आइतबार सडक भासिएको हो। होटलको नाम डबल ट्री राखेर काम भइरहेको थियो।

दुईतर्फी सवारी सञ्चालन हुने सडकको आधा भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ। सवारी आवागमन अवरुद्ध हुँदा सो क्षेत्र वरपरको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

एघार तलाको सो होटल निर्माणका लागि जमिनमुनि खन्दा नजिकैका घरहरु समेत धरापमा परेको भन्दै छिमेकीहरुले चिन्ता जनाइरहेका बेला सडक भासिएको हो।

भर्जिनिया मुख्यालय रहेको हिल्टन वर्ल्डवाइडसँग अमेरिका, युरोप, मध्यपूर्व सहित एक सय देशमा होटल एवं रिसोर्ट रहेका छन्। विश्वभरि ४ हजार ८२० कम्पनीको स्वामित्व रहेको हिल्टन वल्डवाइडले नेपाली साझेदारसँग मिलेर काठमाडौंमा पाँचतारे होटल निर्माण गर्न लाग्दा सो दुर्घटना भएको हो।

Road

विशेष