समाज

नेपाली सेनाको गाडी दुर्घटना ३३ जना घाइते,३ को अवस्था गम्भिर

नेपाली सेनाको गाडी दुर्घटना ३३ जना घाइते,३ को अवस्था गम्भिर

पुस २४ । शनिबार राति परेको हिमपातका कारण भिदत्तराजमार्गको साउखर्कमा अवरुद्ध भएको बाटो खोलेर फर्किने क्रममा नेपाली सेनाको लु १ ना २९४ नम्बरको (वान टन) ट्रक दुर्घटना हुदाँ ३३ जना सेना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

शनिबार राति देखि अबरुद्ध रहेको भिमदत्तराजमार्गको हगुल्टे सडक खण्ड खुलाई फर्किने क्रममा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । हिमपातका कारण अवरुद्ध सडक खोलेर फर्कने क्रममा गरुडदल गण डडेल्धुरास्थित नेपाली सेना चढेको गाडी दुर्घटना भएको थियो ।

अवरुद्ध सडक सुचारु गरी फर्कने क्रममा साउखर्क भन्दा करिव ५ सय मिटर यता डडेल्धुरास्थित गरुडदल गणका सेनाहरु चढेको गाडी सडकबाट करिव ५० मिटर तल खसेको गरुडदल गणका क्याप्टेन प्रेम बोगटीले बताए। घाइते सेनाहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Nepal Army

विशेष