खेल

बार्सिलोनालाई पछि पार्दै सेभिल्ला दोस्रो स्थानमा

बार्सिलोनालाई पछि पार्दै सेभिल्ला दोस्रो स्थानमा
पुस–२४ । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्ला विजयी भएपछि बार्सिलोनालाई पछि दोस्रो स्थानमा उक्लिन सफल भएको छ । रियल सोसिडाडलाई ४–० ले हराउँदै सेभिल्ला दोस्रो स्थानमा उक्लिन सफल भएको हो । सेभिल्लाको जितको लागि विस्साम वेन यड्डरले ह्याट्रिक गरे भने साराबिएले टिमको लागि एक गोल थपे । यड्डरले खेलको २५, २९ र ८३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । यस्तै साराबिएले खेलको ७३ औँ मिनेटमा गोल गरेका थिए । जितपछि दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको १७ खेलबाट ३६ अंक भएको छ भने एक खेल कम खेलेको बार्सिलोनाको ३४ अंक छ ।

रियल सोसिडाड ला लिगा सेभिल्ला

विशेष