आमिर खान सबैभन्दा अगाडी, शाहरुख र अक्षय लिस्टमा छैनन्

पुस–२४ । आमिर खानको चलचित्र बलिउडमा सबैभन्दा बढी कमाउने चलचित्र सावित भएको छ । सर्वकालिन कमाइको मामिलामा आमिर खानको दंगल सबैभन्दा अगाडी आइपुग्ने संकेत देखाएको छ । फिल्मले छिट्टै नै ३५० करोडको आँकडालाई पार गर्ने बुझिएको छ । यसको बिन्दुलाई आजसम्म कुनै पनि हिन्दी फिल्मले पार गर्न सकेका छैनन् ।
फिल्मले हालसम्म करिब ३३०.९६ करोड भारूको कारोबार गरिसकेको छ । यसले सर्वकालिन कमाइको सूचिमा सलमान खान अभिनित बजंरगी भाइजानलाई पछाडी पार्दै अगाडी आएको हो । बजरंगी भाइजानले करिब ३२०.३४ करोड भारूको कमाइ गरेको थियो ।
सर्वकालिन कमाइको उत्कृष्ट पाँचको सूचिमा ३ फिल्म अटाउँदा सलमानका २ फिल्म रहेका छन । भने बलिउडका स्टारपावरका रूपमा कहलिएका शाहरूख खानको एउटा पनि फिल्म अट्न सकेन ।
सूचिमा रहेका ५ फिल्महरु
१. पिके– ३३९.५० करोड
२. दंगल– ३३०.९६ करोड
३. बजरंगी भाइजान– ३२०.३४ करोड
४. सुल्तान– ३००.४५ करोड
५. धुम ३– २८०.२५ करोड
आमिर खान
बलिउड