समाज

चिसो बढेपछि विद्यालय बन्द

चिसो बढेपछि विद्यालय बन्द
पुस–२४ । एक्कासि चिसो बढेपछि सप्तरीका विद्यालय एक साताका लागि आर्इतबारबाट बन्द गरिएका छन् । तीन दिनयता बढेको चिसोका कारण जनजीवन कष्टकर बन्न थालेपछि जिल्लामा रहेका सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षक महासङ्घका जिल्ला अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिए । जिल्लामा ४१० वटा सामुदायिक विद्यालय रहेका छन् । रासस

विद्यालय सप्तरी

विशेष