मनोरञ्जन

सुत्केरी भएको १७ दिनमै नायिका करिना कपुर घुम्न हिडिन्

सुत्केरी भएको १७ दिनमै नायिका करिना कपुर घुम्न हिडिन्

सुत्केरी भएको एक महिनासम्म जुनसुकै समुदायका महिलाले पनि घरमै बस्ने चलन हुन्छ । तर, बलिउड नायिका करिना कपुर सुत्केरी भएको १७ दिनमै ‘गर्ल ग्याङ’को साथमा घुम्न निस्केकी छिन् ।

घुम्नका लागि उनलाई साथ दिएका छन् उनकी दिदी करिश्मा कपुर र अर्की नायिका मलाइका अरोरा र अमृता अरोराले । करिनाले रेड गाउनमा छिन् भने उनकी दिदी करिश्मा पिंक टिसर्टमा छिन् । घुम्ने क्रममा बान्द्रामा उनीहरुको भेट ज्याकलिन फर्नाडिससँग पनि भएको थियो ।

पछिल्लो पटक आमा बन्नु अगाडी करिना श्रीमान सेफ अलि खानसँगै डिनरमा सहभागी भएकी थिइन् ।

विशेष