मनोरञ्जन

गोल्डेन ग्लोब अवार्डमा ’ला ला ल्यान्ड’को कीर्तिमानी वर्चस्व

गोल्डेन ग्लोब अवार्डमा ’ला ला ल्यान्ड’को कीर्तिमानी वर्चस्व
७४ औं गोल्डेन ग्लोब अवार्डसमा ’ला ला ल्यान्ड’ले कीर्तिमानी वर्चस्व कायम गरेको छ । रायन गोस्लिङ तता एम्मा स्टोनको सागीतिक फिल्म कुल सात विधामा अगाडी रह्यो । गोस्लिङ तथा स्टोनले फिल्मबाट अभिनयतर्फ अवार्डमा कब्जा जमाउँदा ’ला ला ल्यान्ड’ले उत्कृष्ट कमेडी फिल्मसहित निर्देशन, स्क्रिनप्ले, संगीत तथा गीतमा उत्कृष्ट घोषित भयो । ग्लोन्डेन अवार्डको जितसँगै ’ला ला ल्यान्ड’ले यस अघि ६ विधामा ’वा फिल्यू ओभर कुकुज् नेस्ट’(१९७५) तथा ’मिडनाइट एक्सप्रेस’(१९७८)ले कब्जा जमाएको रेकर्डलाई पछाडी पारिदियो । निर्देशन तथा सक्रिनप्ले तर्फ डामिन चाजेलो उत्कृष्ट भए भने जस्टिन हुरविचले संगीतको अवार्डमा आफूलाई अब्बल सावित गरे । त्यसैगरी फिल्मको ’सिटी अफ स्टार्स’बाट बेन्ज पासेक तथा जस्टिन पल’ले गीततर्फको अवार्ड उचाले । अवार्डका विजेताहरूको पूर्ण सूचि यस्तो छ – मोसन पिक्चर, ड्रामाः मुनलाइट मोसन पिक्चर, म्यूजिकल वा कमेडीः ला ला ल्यान्ड मोसन पिक्चर, इनिमेडेटः जुटोपिया मोसन पिक्चर, विदेशी भाषाः एली, फ्रान्स मोसन पिक्चर(ड्रामा, अभिनेत्रीः इसाबेल हुपेर्ट, एली मोसन पिक्चर(ड्रामा, अभिनेताः क्यासी ऐफ्लेक, ’म्यानचेस्टर बाइ द सि’ मोसन पिक्चर( म्यूजिकलरकमेडीः रुन गोस्लिङ, ला ला ल्यान्ड मोसन पिक्चर, सह(अभिनेत्रीः भोइला डेभिस, फेन्सेज मोसन पिक्चर( सह(अभिनेताः आरोन टेलर जोनसन, नोक्टुर्नल एनिमल्स मोसन पिक्चर( निर्देशकः डामिन चाजेली, ला ला ल्यान्ड मोसन पिक्चर(स्क्रिमप्लेः डामेन चाजेली, ला ला ल्यान्ड मोसन पिक्चर(ओर्जिनल स्कोरः जस्टिन हरविच, ला ला ल्यान्ड मोसन पिक्चर(ओर्जिनल सङः सिटि अफ स्टार्स, ला ला ल्यान्ड

विशेष