मनोरञ्जन

बाबरीमा मायालु निशा

बाबरीमा मायालु निशा

वैशाखमा प्रदर्शन हुन लागेको सिनेमा ‘रोमियो’मा अभिनेत्री निशा अधिकारी ‘बाबरी’को चरित्रमा देखिँदैछिन् । सिनेमामा उनको चरित्रलाई निकै महत्व दिइएको छ । त्यसैले ‘बाबरी’ बोलको गीत नै समावेश गरिएको छ । सिनेमामा उनी हसनराजा खान ‘रोमियो’सँग रोमान्स गर्नेछिन् ।

यसमा उनको स्वभाव मायालु छ, समाजसेवामा सक्रिय छिन् । आफैंलाई पनि निकै चित्त बुझेको चरित्र पाएकाले अभिनय गर्दा आनन्द अनुभूति गरेको उनले बताइन् । उनले बाबरीको प्रेमिल चरित्र उतार्न कार्यशाला, पहिरन र शारीरिक बनावटमा निकै मिहिनेत गरेको पनि सुनाइन् ।

Nisha Adhikari

विशेष