टेलिकमले अब सापटी ब्यालेन्स दिने

पुस २५ । नेपाल टेलिकमले प्रिपेड मोवाइलका ग्राहकलाई ‘क्रेडिट ब्यालेन्स’को सुविधा दिने भएको छ । टेलिकमले केही दिनभित्रै यो सुविधा ल्याउने जानकारी दिएको छ ।
यो सेवामा ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ । ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ ।
टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकलाई ब्यालेन्स सकिएर अप्ठयारोमा परेको बेला उपयोग गर्नका लागि क्रेडिटमा ब्यालेन्स दिने सुविधा ल्याउन लागेको जानकारी दिइन् ।
NTC