मनोरञ्जन

सन्नीले एकै रातमा ६ पटक लैला मै लैलामा नाचिन

सन्नीले एकै रातमा ६ पटक लैला मै लैलामा नाचिन

सन्नी लियोनीले जब एकै रातमा ६ पटक लैला मै लैलामा नाचिन तब उनका फ्यान हुरुक्कै भए ।

सामान्य रुपमा पनि हट् तथा सेक्सीका रुममा परिचित सन्नीले ले जव एकै रातमा ६ पटक सम्म डान्स गरिन, तव उनको चर्चा झनै चुलियो । हालै नयाँ वर्षको अवसरमा कोलकातामा आयोजित एक अम्युजमेन्ट पार्कमा सन्नी परमर्फ गरिरहेकी थिइन् जहाँ उनका फ्यानको मागमा आफ्नो लेटेस्ट आइटम नम्बर ‘लैला मैं लैला’ मा उनले ब्याक टु ब्याक ६ पटक डान्स गर्नुपर्यो ।

यद्यपी सन्नी यो इभेन्टमा आफ्नो विभिन्न गीतमा नाच्ने योजना बनाएकी थिइन् तर त्यहाँ आएका पाहुनाले हद गरेपछि उनले लगातार ‘लैला मैं लैला’ गीतमा डान्स गरिरहनुपर्यो । यो गीतको लोकप्रियताका कारण पनि फ्यानहरुका बीच उनले रातभरी यसै गीतमा ६ पटक पर्फमेन्स दिनुपर्यो ।

‘लैला मैं लैला’ को नयाँ भर्सनमा सन्नीको डान्स देखेर कोलकाताका दर्शकहरु झुमेका थिए । र, सन्नीसँगै मज्जाले नाचेका थिए । यो गीत प्रदर्शनमा आउन लागेको शाहरुख खानको फिल्म ‘रइस’को हो । जहाँ सन्नीलाई शाहरुखले आइटम डान्समा चान्स दिएका थिए ।

Sunny Lione

विशेष