खेल

जितसँगै चेल्सी एफए कपको चौथो चरणमा प्रवेश

जितसँगै चेल्सी एफए कपको चौथो चरणमा प्रवेश
पुस–२५ । एफए कप फुटबलअन्तर्गत आइतबार राति भएको तेस्रो चरणको खेलमा चेल्सीले जित निकाल्दै चौथो चरणमा प्रवेश गरेको छ । चेल्सीले पिटरबोरोलाई ४–१ गोलको अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । चेल्सीको जितको लागि पेड्रोले दुई तथा मिसी बाटुशुयी र विलियनले १–१ गोल गरे । पिटरबोरोका लागि टम निकोलसले १ गोल गरेका थिए । खेलको १८ औँ मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यस्तै बाट्शुयीले ४३ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा चेल्सीले २–० को अग्रता बनायो । दोस्रो हाफ सुरुभएपछि खेलको ५२ औँ मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाएका थिए । खेलको ६७ औँ मिनेटमा चेल्सीका कप्तान टेरीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा उठाउँदै पिटरबोरोका लागि निकोलसले ७० औँ मिनेटमा गोल गरेका थिए । तर ७५ औँ मिनेटमा पेड्रोले पुन गोल गरेपछि चेल्सी ४–१ ले विजयी भएको हो ।

एफए कप फुटबल चेल्सी पिटरबोरो

विशेष