बलिउड बक्स अफिसमा दंगलको नयाँ रेकर्ड

पुस–२५ । डिसेम्बर २३ मा मात्र रिलिज भएको आमिर खानको फिल्म ‘दंगल’ ले १७ दिनमा बक्स अफिसको सबै रेकर्ड तोडेको छ । फिल्मले बलिउड बक्स अफिसमा ३४५ करोड भारुको कमाई गरेसँगै नयाँ रेकर्ड कायम गर्न सफल भएको हो ।
अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने फिल्ममा आमिर खानकै ‘पिके’ फिल्म रहेको थियो । उक्त फिल्मले ३३९ करोड भारु कमाउँदै शीर्ष स्थानमा रहेको थियो ।
यस्तै गरि दंगलले आइतबार (८ जनवरी) सम्ममा देश बाहिर १८०.६ करोड भारुको कमाई गरेकोे छ ।
आमिर खान
दंगल