स्वास्थ्य

बालबालिकालाई एलर्जीबाट बचाउन चाहनुहुन्छ ? यस्ताे छ उपाय

बालबालिकालाई एलर्जीबाट बचाउन चाहनुहुन्छ ? यस्ताे छ उपाय
बच्चालाई एलर्जीबाट बचाउन बदाम खुवाउँदा फाइदा हुने एक अध्ययनले देखाएको छ । बच्चालाई चार महिनादेखि बदाम खुवाउँदा एलर्जीको चपेटामा नपर्ने बताइन्छ । यो कुरा अमेरिकामा भएका नयाँ अध्ययनले प्रमाणित गरेका हो । अध्ययन अनुसार बच्चामा हुने एलर्जीलाई बदामले ८० प्रतिशत कम गर्दछ । द नेशनल इन्स्ट्यिुट अफ एलर्जी एण्ड इन्फेक्शियस डिजीजले यसलाई महत्वपूण खोज मानेका छ । तर, विज्ञहरु बदामको पूरा दाना नखुवाउन सुझाव दिएका छन् । किनकि पूरा दाना खुवाउँदा घाटीमा फस्ने सम्भावना वढी हुन्छ । बच्चालाई बदाम खुवाउन अभिभावक तयार हुँदैनन् । यो भन्दा पहिलाको एक अध्ययनले तीन वर्षभन्दा कम उमेरका बच्चाबच्चीलाई बदाम खुवाउँदा स्वास्थ्यलाई असर गर्ने निष्र्कष निकालेको थियो । अमेरिकामा एलर्जीको दायरा दैनिक वढी रहेको छ । २००९ यता एलर्जीको दायरा ४ गुण धेरै भएको बताइन्छ । एलर्जी बढ्ने क्रम पश्चिम देशसँगै एशिया र अफ्रिकी देशमा पनि समान रहेको छ । नयाँ अनुसन्धानअनुसार एलर्जी र गम्भीर एक्जिमा भएका बालबालिकालाई डाक्टरको निगरानीमा बदाम युक्त खानेकुरा खुवाउन सकिन्छ । साधारण एक्जिमा भएका बच्चाहरुलाई पनि बदाम खुवाउँदा उचित हुन्छ । एलर्जी तथा एक्जिमा नभएका बच्चालाई पनि बदाम खुवाउँदा फाइदा हुने गर्दछ ।

बदाम मम्फूली

विशेष