समाज

सहमतिपछि महासङ्घ कार्यालयमा लागेको ताला खुल्यो

सहमतिपछि महासङ्घ कार्यालयमा लागेको ताला खुल्यो
पुस - २५ । नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको कार्यालयमा भएको तालाबन्दी सोमबार खुलेको छ । महासङ्घको शाखाका पदाधिकारी र जिल्लामा क्रियाशील पत्रकार सङ्गठनका प्रतिनिधिको उपस्थितिमा भएको छलफलमा दुईबुँदे सहमति भएपछि नेपाल प्रेस युनियनले लगाएको ताला खुलेको हो । सरकारी कर्मचारी, स्थायी शिक्षक र राजनीतिमा क्रियाशील व्यक्तिलाई शाखाले महासङ्घको साधारण सदस्यका लागि सिफारिस गरेको र क्रियाशील पत्रकारलाई पन्छाउन खोजेको भन्दै युनियनले तालाबन्दी गरेको थियो । सरकारी कर्मचारी र स्थायी शिक्षकलाई साधारण सदस्यताका लागि गरिएको सिफारिस रोक्ने र छुटेका क्रियाशील पत्रकारलाई समेटेर थप सिफारिस गर्ने सहमति भएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुरत केसीले बताए। सहमति भएअनुसार महासङ्घको कार्यालयमा लगाइएको ताला खोलेको प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले जानकारी दिए।

नेपाल पत्रकार महासङ्घ

विशेष