Technology

पहिलो एन्ड्रोइडबाट नोकियाको बजारमा पुनरागमन

पहिलो एन्ड्रोइडबाट नोकियाको बजारमा पुनरागमन
पुस–२५ । मोबाइलको दुनियाँमा छाप छोडेर केही समय बन्द भएको नोकियाले आफ्नो पहिलो एन्ड्रोइड फोनबाट बजारमा पुनरागमन गरेको छ । फिनिस मोबाइल कम्पनी नोकियाले आफ्नो पहिलो एन्ड्रोइड फोन नोकिया ६ बजारमा ल्याएको हो । गुगलको पछिल्लो अपरेटिङ सिस्टम नोगाट भर्सन र ५.५ इन्च डिस्पले भएको यस फोनमा ४ जीबी ¥याम, ६४ जीबी इनटरनल मेमोरी समावेश छ भने १ सय २८ जीबी मेमारी कार्ड सपोर्ट गर्छ । साथै यसमा १६ एमपी रियर तथा ५ एमपी फ्रन्ट क्यामेरा समावेश गरिएकोमा ३ हजार एमएएच ब्याट्री क्षमता रहेको छ ।

एन्ड्रोइड नोकिया

विशेष