समाज

शुरु भयो भर्चुअल क्लास, राजधानीमा शिक्षकले पढाउँदा गाउँकै विद्यालयबाट हेर्न सकिने

शुरु भयो भर्चुअल क्लास, राजधानीमा शिक्षकले पढाउँदा गाउँकै विद्यालयबाट हेर्न सकिने
पुस २७ । एक दशक अघिसम्म शिक्षकले कक्षाकोठामा जे पढायो विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपर्थ्यो । गाउँ गाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै अब भने यो अवस्था छैन । शिक्षकले पढाएको विषय सही वा गलत के हो रु ग्रामीण भेगका विद्यार्थीले पनि थप खोज्न सक्छन् । यसमा विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले यस वर्षबाट प्रविधिमैत्री कक्षा सुरू गरेको छ ।   शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक जनशक्ति केन्द्रले ब्रोडब्याण्ड प्रविधिमार्फत राजधानीबाट पढाएको पाठ दुर्गम गाउँका विद्यार्थीले आफ्नै विद्यालयमा प्रत्यक्ष हेर्न सक्छन् । केन्द्रले आइतबारदेखि यस्तो ‘भर्चुअल कक्षा’ सुरू गरेको हो । सानोठिमीस्थित केन्द्रको कार्यालयको स्टुडियोमा शिक्षकले पढाएको पाठ गाउँका विद्यार्थीले हेर्ने व्यवस्था मिलाएको हो । कान्तिपुर

Class

विशेष