खेल

राजधानीमा रुस्लानकप क्रिकेट जारी

राजधानीमा रुस्लानकप क्रिकेट जारी

पुस २७ ।  रुस्लान कप टी– ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो दिन विभागीय टोलीनेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरआत गरेका छन् । रुस्लान कपको दोस्रो सस्करणको पहिलो दिन मंगलबार पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले र आर्मीले न्यू राइजिङ स्टारलाई ९ विकेटले हराएको थियो ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा टस जितेको पुलिसले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमएर १ सय ८३ रन बनाएको थियो । समूह एको उक्त खेलमा पुलिसका लागि सुनिल धमलाले अर्धशतक पुरा गरे ।

सुनिलले ५६ बल खेल्दै २ छक्का र ३ चौका साथ ५४ रन, कुशल भुर्तेलले अविजित ३३ रन र दीलिप नाथले २६ रन बनाए । मन्जित श्रेष्ठले १२ र सिद्धान्त लोहनीले अविजित १२ रन बनाए भने दीपेन्द्र ऐरीले १० रन जोडे ।

जवाफमा १ सय ८४ रनको विजय लक्ष्य पछ्याएको हिमालयनले १० ओभरमा सबै विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो । हिमालयनका लागि भुपेन्द्र थापाले पनि अर्धशतक बनाएका थिए । उनले ७३ रन बनाए । पुलिसका प्रेम तामाङ र अरिफ शेखले समान ३, दीपेन्दले २ र ललित राजवंशीले १ विकेट लिए ।

समूह बिमा ८८ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ११.१ ओभरमा १ विकेट गुमाएर प्राप्त गरेको थियो । आर्मीका लागि सागर पुनले अविवजित ३९ र महेश क्षेत्रीले २४ रन लिए । त्यस्तै नरेश बुढाएरले अविजित १८ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यू राइजिङले १८.३ ओभरका सबै विकेट गुमाएर ८७ रन बनाएको थियो । टोलीका शुुसान्त सिहं थापा र रविन्द्र जंग शाहीले समान १८ रन, रविन थापाले अविजित १४, सुजन पुनले १३ रन बनाए । आर्मीका जितेन्द्र मुखियाले ४ र सागरले ३ विकेट लिए । चन्द्र साउद र हरिकृष्ण झाले समान १ विकेट लिए । सागर खेलको म्यान अफ दी म्याच घोषित भए ।

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गरेका थिए । काठमाडौं क्रिकेट टे«निङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता अन्र्तगत आज हिमालयन ह्वाइट हाउस कलेजविरुद्ध पिसी फाइटर ११ र खहरी क्रिकेट क्लबविरुद्ध रोयल पिसी फाइटर बीच खेल हुने छ ।

Ruslan Cup

विशेष