मनोरञ्जन

निखिलकाे निभर्यको रिलिज डेट सारियो

निखिलकाे निभर्यको रिलिज डेट सारियो
पुस – २७ । अभिनेता निखिल उप्रेतीले अभिनय गरेको चलचित्र निर्भयको प्रदर्शन मिति परिवर्तन गरिएको छ । निर्भयको माघ २८ प्रदर्शन मिति तय गरिएको थियो । अव चैत्र ११ गते प्रदर्शन हुने छ । चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । निखिल अभिनित चलचित्र किङको प्रदर्शन मिति यही २९ तोकिएको छ । दुबै चलचित्रमा अन्तराल दिनको लागि आउँदै गरेको चलचित्र निभर्यको प्रदर्शन मिति सारिएको निर्देशक मदुशुधन भट्टराईले बताए । फष्टलुक पोस्टरकम निखिल र अभिनेत्री नीता ढुङ्गानाको क्यामेस्ट्रि देखिन्छ । प्रसिद्धी सिने आर्टस्को व्यानरमा बनेको चलचित्रमा निखिल र नीतासँगै विकास चापागाईं, प्रज्वल गिरी,सुशिल पोखरेल, विशाल पहारी, प्रदिप ढकाल, प्रकाश न्यौपाने, मेन्दी बाबु, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायतको अभिनय रहेको छ ।

निखिल उप्रेती निर्भय

विशेष