स्वास्थ्य

मन्त्री गगन थापा के गर्दैछन्, दुर्गमका निशुल्क औषधी बाटो मै चट

मन्त्री गगन थापा के गर्दैछन्, दुर्गमका निशुल्क औषधी बाटो मै चट

पुस २८ । सरकारले विपन्न जनताको उपचारमा सहज् होस भनी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निःशुल्क औषधि पठाउने गरेपनि औषधि बीच बाटोमै गायब हुने गरेको पाइएको छ ।

औषधि नियमित नपुग्दा मुगु, कालिकोट, रुकुम, डोटीलगायत जिल्लाका दुर्गम भेगका जनता बिरामी भएको बेलामा चर्को मूल्य तिर्न बाध्य छन् । जिल्ला स्वास्थ्य कार्यालयले पठाएको औषधि यातायातको सुविधा नभएका गाउँमा पुर्याउन समस्या भएको मुगु, खत्याडका रतनबहादुर शाही बताउँछन् । उनी भन्छन् – गाउँमा जहिल्यै औषधिको चरम अभाव हुन्छ सरकारले उपलब्ध गराएको निशुल्क औषधि त्यहाँ बिरलै पुग्ने गर्छ ।

जिल्लाको सोरुकोट, नाथर्पु, थोतु, भीई, कालाईरारा, धैनकोटलगायत मुगु सदरमुकाम गमगढीबाट उत्तरी क्षेत्रका गाविसमा औषधि नपुग्ने समस्या देखिएको छ ।

नागरिक दैनिक

Gagan Thapa

विशेष