मनोरञ्जन

क्यालेन्डरका लागि दिशाको टपलेस फोटो

क्यालेन्डरका लागि दिशाको टपलेस फोटो

लामो समयदेखि चर्चामा रहेको डब्बु रतनानीको क्यालेन्डर बुधबार रिलिज हुँदै छ । रिलिजभन्दा पहिले यो क्यालेन्डरको चर्चा किन भएको हो भने यसमा अभिनेत्री दिशा पटानीको फोटो समावेश गरिएको छ । दिशा अभिनेता टाइगर श्राफकी गर्लफ्रेन्ड हुन् ।

क्यालेन्डर सार्वजनिक हुनुभन्दा पहिले दिशाले यसका लागि सुट गरेको एउटा फोटो सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले सामाजिक सञ्जालमा यो तस्बिर सार्वजनिक गरेपछि बलिउडमा गाइँगुइँ पनि चलेको छ ।

 यो त हलिउड अभिनेत्री जेनिफर एनिस्टनले गरेको फोटोसुटजस्तै छ । यही क्यालेन्डरमा दिशाका साथै अमिताभ बच्चन, शाहरुख खान, प्रियंका चोपडा, सनी लियोनी, रणवीर सिंह, अर्जुन रामपाल, विद्या बालन, अनुष्का शर्मा, परिणीति चोपडा, सोनाक्षी सिन्हा, फरहान अख्तरलगायत कलाकारले पनि फोटो सुट गराएका थिए ।

Disa Patani

विशेष