स्वास्थ्य

बढी तनाव मुटु रोगको खतरा

बढी तनाव मुटु रोगको खतरा

पुस २८ । चिकित्सकहरुले निरन्तरको तनावले मानिसहरुमा मुटुसम्बन्धी रोग र मस्तिष्कघातको जोखिम कसरी बढाउँछ भन्ने बिषयमा आफूहरु नयाँ जानकारीको नजिक पुगेको बताएका छन् ।

उनीहरुले डर र रिस जस्ता भावनाहरुमा प्रतिक्रिया जनाउने मस्तिष्को क्षेत्रमा बढी गतिविधि हुँदा बोन म्यारोले ’व्हाइट ब्लड सेल’ भनिने रक्त कोशिकाहरुको बढी उत्पादन गर्ने तथ्य पत्ता लगाएका छन् ।

त्यसले गर्दा हृदयबाट विभिन्न अंगमा रगत जाने धमनीमा ठाउँ ठाउँमा अवरोध हुने सम्भावना बढी रहने चिकित्सकहरु बताउँछन् । ३ सय मानिसहरुको मस्तिष्कको चार वर्ष लगाएर गरिएको अध्ययनपछि यो निचोड सार्वजनिक गरिएको हो ।

Heart

विशेष