मनोरञ्जन

श्रद्धा कपुरलाई चाहियो लिभ इन टुगेदरका लागि उपर्युक्त व्यक्ति

श्रद्धा कपुरलाई चाहियो लिभ इन टुगेदरका लागि उपर्युक्त व्यक्ति

आदित्य राय कपुर र श्रद्धा कपुरले आफुहरु लिभ इन रिलेशनका लागि तयार भएको बताएका छन् । उनीहरु दुबैको सर्त छ कि, ‘त्यसका लागि सहि मान्छे र सहि समय आउन जरुरी छ’ ।

नयाँ चलचित्र ‘ओके जानु’को प्रचारका लागि आयोजित एक कार्यक्रममा श्रद्धाले भनिन् ‘म खुल्ला विचारकी छु । लिभ इन रिलेशन सामान्य हो जस्तो लाग्छ ।’ तर, आफू परिवारसँगै बसेकाले लिभ इन रिलेशनको वारेमा अहिल्यै सोच्न नसक्ने बताइन् ।

नायक आदित्य कपुरले पनि सहि मान्छे भेटेमा ‘लिभ इन रिलेशन’मा बस्न र्गाहो नहुने बताए । उनले यो पनि भने कि ‘म बाबु आमाको मन दुख्ने काम गर्न सक्दिनँ ।’

आदित्य र श्रद्धा जोडी बनेको चलचित्र ‘ओके जानु’ को निर्देशन शाद अलिले गरेका हुन् । यो चलचित्र शुक्रबारबाट रिलिज हुँदैछ ।

Sharda Kapoor

विशेष