देश

काभ्रे : तरकारी उत्पादनमा कमी

काभ्रे : तरकारी उत्पादनमा कमी
पुस - २८ । काभ्रेमा तरकारी उत्पादनमा कमी आएको छ । चिसो मौसममा कृषकले बेमौसमी रुपमा तरकारी खेती कम गर्ने हुँदा तरकारीको उत्पादनमा कमी आएको हो । उग्रचण्डी नालास्थित उग्रचण्डी तरकारी बजारमा तरकारी किसानभन्दा व्यापारीको सङ्ख्या मात्रै बढेको छ । तरकारी उत्पादनमा कमी आएपछि मूल्य वृद्धि भएको स्थानीय व्यापारी सहदेव दाहालले बताए। तरकारीको मौसममा दैनिकरुपमा करिब ५०० किसानले तरकारी ल्याउने गरेका थिए । तर अहिले दैनिक ५० जनाको हाराहारीमा मात्र तरकारी बिक्री गर्न आउने गरेका छन् । कालीमाटी तरकारी बजारमा भन्दा यहाँ किसानले तरकारीको मूल्य बढी पाउने गरेका छन् । उग्रचण्डी कृषि बजारमा अन्य बजारमा भन्दा राम्रै व्यापार हुने गरेको अर्का स्थानीय व्यापारी सुन्दर पराजुली बताउछन् । जाडो मौसममा सिँचाइको अभाव हुने हुँदा उत्पादनमा कमी आएको स्थानीय कृषक सरस्वती बजगाईंले बताइन्। तरकारीको उत्पादन अनुसार बजार मूल्य नपाएको उनले गुनासो गरिन् । “बजारमा व्यापारीको हारालुछ नै चल्छ, तर भने अनुसारको मूल्य दिँदैनन्,” उनले भने । दिनरात तरकारी खेतीमा नै लाग्दा पनि लगानी अनुसारको मूल्य पाउन नसकेका किसान बताउँछन् ।

tarakari तरकारी उत्पादन

विशेष