समाज

वैशाखदेखि गरिबी परिचयपत्र बाँडिने, बाजुरामा सर्वाधिक गरिबी

वैशाखदेखि गरिबी परिचयपत्र बाँडिने, बाजुरामा सर्वाधिक गरिबी

पुस २९ । सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रवन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ ।

छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् । छानिएका घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर्छन् ।

‘आयमुलक कार्यक्रम, सीपमुलक योजना, निःशुल्क स्वास्थ्योपचार, शिक्षामा पहुँच र खाद्यान्नको प्रवन्धजस्ता सामाजिक सुरक्षाका विषयमा सहमति जुटेपटि गरिबी पहिचान–पत्र वितरण थालिने सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बताए ।

मानव विकास सूचकांक, प्रतिव्यक्ति आयसहितका आधारमा तथ्यांक विभागले निकालेको गरिब जिल्लाको सूचीलाई पछ्याउँदै गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले गरेको पछिल्लो सर्वेक्षणमा बाजुरा जिल्ला गरिबीको सूचीमा सबैभन्दा पछाडि छ । बाजुरामा ६४ प्रतिशत बासिन्दा गरिबीको रेखामुनी छन् ।

बाजुरापछिको गरिबी सूचकांकमा कालिकोट ९५७.९०, बझाङ ९५६.८०, हुम्ला ९५.६०, जुम्ला ९४.९०, अछाम ९४७.२०, मुगु ९४७.१० र डोल्पा ९४२.८० रहेका छन् ।

मधेसको सिरहामा ३४।६ प्रतिशत र रौतहटमा ३३. ४ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेका छन् ।

कान्तिपुर

Poor People

विशेष