मनोरञ्जन

यूटुयूबमा नै हेर्न पाइने भयो चलचित्र छक्कापञ्जा

यूटुयूबमा नै हेर्न पाइने भयो चलचित्र छक्कापञ्जा

पुस २९ । प्रदर्शनको एक सय दिनको ऐतिहासिक रेकर्ड कायम गर्न सफल नेपाली चलचित्र ‘छक्का पञ्जा’ पाइरेसीमा परेपछि आधिकारिक रुपमै यूटयूबमा रिलिज गरिएको छ ।

चलचित्र फेसबुकमा लिक भएपछि चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले फेसबुकमार्फत आधिकारिक रुपमै चलचित्र यूट्युबमा रिलीज गरिएको जानकारी दिनुभएको हो । युरोपमा थुप्रै ठाउँमा चलचित्र प्रदर्शन गर्न बाँकी रहेका बेला पाइरेसीको चपेटमा परेपछि चलचित्र छक्का पन्जा लिएर युरोप पुगेको टोली भ्रमण छोट्याएर नेपाल आउने भएको छ ।

१६ करोड बढीको कारोबार गरेको फिल्म नेपाली बक्सअफिसको सर्र्वािधक सफल चलचित्र हो । हाल युरोपमा रहेका कलाकार गिरी नेपाल आएपछि कानुनी प्रक्रियामा जाने हाफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

chakka panja

विशेष