समाज

एक वर्षमा १० वर्ष मुनिका एक लाख ३० हजार बालबालिकाको विवाह हुने तथ्यांक

एक वर्षमा १० वर्ष मुनिका एक लाख ३० हजार बालबालिकाको विवाह हुने तथ्यांक

पुस २९ । नेपालमा प्रत्येक वर्ष १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको छ । राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा कुल बालविवाह सङ्ख्यामा पनि प्रतिवर्ष सरदर एक लाख १५ हजार बालिकाको विवाह हुने गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलका अनुसार १० देखि १४ वर्ष उमेरका ११ लाखभन्दा बढी बालिकाको प्रत्येक वर्ष विवाह हुने गरेको छ । यसैगरी, नेपालमा प्रत्येक वर्ष कुल जनसङ्ख्याको ४३ लाखभन्दा बढी १५ देखि १९ वर्षमुनिका किशोरीको विवाह हुने गरेको छ ।

बालविवाह नेपालको एक जटिल समस्या भएका कारणले यसको प्रभाव सबै क्षेत्रमा पर्ने हुँदा सम्बद्ध सरकारी तथा गैरसरकारी निकायले अनुगमन, जनवकालत तथा नागरिक शिक्षा र चेतनाको कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने अधिकारकर्मीहरुको ठहर छ ।

Bal Bibaha

विशेष