देवघाट पुलमा एक पटकमा १ सयजना मात्रै प्रवेश


पुस - २९ । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलाका बेला हुने सम्भावित खतरालाई ध्यानमा राखी यहाँ रहेको पुलमा एकपटकमा करिब एक सयजनालाई मात्रै प्रवेश दिइने भएको छ । त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले भक्तजनको सुरक्षालाई ध्यानमा राखेर एकपटकमा सयजनालाई मात्रै आवतजावत गर्न दिइने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिए । मकर सङ्क्रान्तिका दिन चितवन, नवलपरासी र तनहुँमा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गम त्रीवेणमा माघेसङ्क्रान्ति मेला लाग्छ । मेलाको तयारी पूरा भएको देवघाट क्षेत्र विकास विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए । देवघाट देवघाटधाम