देश

प्रयोगशालाको नतिजा नआउदासम्म मह बिक्री गर्न रोक

प्रयोगशालाको नतिजा नआउदासम्म मह बिक्री गर्न रोक

पुस - २९ । प्रयोगशालाको नतिजा नआउदासम्म महको नाम दिए गुलियो बस्तु बिक्री गरिएका एक ब्यक्तिलाई बिक्री बितरणमा रोक लगाईएको छ । जिल्ला कृषि बिकास कार्यालयका प्राबिधिकको अनुरोधमा जिल्ला प्रहरी कार्यालयको निगरानीमा मह जस्तो देखिने गुलियो बस्तु बिक्री बितरणमा रोक लगाईएको हो । बाँके, नेपालगञ्ज उप–महा नगरपालिका २१ पिप्रहवाका १५ बर्षिय सन्दिप यादवले जाजरकोट सदरमुकाम खलंगा आसपासका बिभिन्न ठाउँमा महको नाम दिएर गुलियो बस्तु बिक्री गर्दै आएको थाहा पाएपछि जिल्ला कृषि बिकास कार्यालयका प्राविधिकको सहयोगमा जिल्ला प्रहरी कार्यालयले यादवलाई नियन्त्रणमा लिएको थियो । यादवले बिक्री गर्दै आएको गुलियो बस्तु घरपालुवा सेराना तथा मेलिफेरा मौरीको मह नभएको जिल्ला कृषि बिकास कार्यालय जाजरकोटका प्राविधिक प्रमोदकुमार विश्वकर्माले ठोकुवा गरेका छन् । जंगली भिर मौरीको मह भएको वताउदै आएका यादवले बिक्री गरिरहेको महमा अन्य मिसावट हुन सक्ने कृषि प्राविधिकले अनुमान गरेका छन् । यादवले बिक्री गर्दै आएको उक्त गुलियो बस्तुलाई नाप तौल तथा गुणस्तर बिभागको प्रयोगशालामा लिएर ल्यापटेष्ट गर्नु पर्ने प्राबिधिकले सल्लाह दिएपछि प्रयोगशालाको नतिजा नआउदा सम्म यादवलाई बिक्री बितरण गर्न नदिने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । उता सन्दिप यादवले आफूले बिक्री गर्दै आएको महमा कुनै मिसावट नभएको दावी गरिरहेका छन् । भिर मौरीको मह आफैले कारेर बिक्री गर्न ल्याएको यादवको भनाई रहेको छ । पिप्रहवाको भिकारीपुरवाट आफूले मह बिक्री गर्नका लागि जाजरकोटमा झण्डै ९६ किलो मह ल्यार आएको सन्दिपले जानकारी दिए । मह बिक्री गर्न आफुसंगै जाजरकोटमा दाइ दिपक यादव र आफ्नो अामा पनि आएको यादवले जानकारी दिए । प्रति किलो २ सय ८० रुपैयामा आफूले मह बिक्री गरिरहेको यादवले जानकारी दिए ।
दीपबहादुर घर्ती/जाजरकोट

जाजरकोट मह

विशेष